तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी पहाडी जिल्लाहरुमा चिया खेती विस्तार हुने

भोजपुर । टिटिएस कृषि सहकारी संस्थाले पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने जनाएको छ ।

संस्थाका अध्यक्ष गणेश राईले संस्थाले हाल भोजपुर र खोटाङको एक हजार २०० रोपनी जमीनमा चिया खेती विस्तार गरिसकेको र क्रमशः सोलुखुम्बु र सङ्खुवासभालाई पनि समेट्दै लैजाने उद्देश्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार संस्थाले हाल भोजपुरमा १० र खोटाङमा ७ गरी जम्मा १७ वटा बगान सञ्चालन गरिसकेको छ भने भोजपुरको रामप्रसाद राई गाउँपालिकाको कटुन्जेस्थित बतासे डाँडामा चिया प्रशोधन कारखाना स्थापना गरिसकेको छ ।

कारखानाले यसै वर्षदेखि चिया प्रशोधन थाल्ने उहाँले जानकारी दिनुभयो ।

विसं २०७० मा स्थापना भएको तथा भोजपुरमा मुख्य कार्यालय रहेको यस थामडाँडा—टेम्के— सिलिचुङ (टिटिएस) कृषि सहकारी संस्थाले प्रवद्र्धक र साधारण गरी ४०० किसानलाई समेटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button