तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्धामा फरार ३ जना पक्राउ

नबराज छत्कुली । कर्तव्य ज्यान मुद्धामा फरार रहेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले १२ वर्षपछि पक्राउ गरेको छ ।

२०६३ साल कात्तिक ७ गते राती उत्तरी धादिङको रुविभ्याली गाउँपालिका — २ का २७ वर्षीय देव बहादुर बिकलाई देउसी खेल्नेक्रममा कुटपिट गरी हत्या गरेर फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय सार्की बिक, ५९ वर्षीय बमहादुर बिक र ३४ वर्षीय हेम डल्ला बिक रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button