तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा पुनर्निर्माणका पन्ध्र हजार घर बने

ओखलढुंगा-ओखलढुंगामा १५ हजार चार सय लाभग्राहिले आफु बस्ने घर बनाएका छन् । १६ हजार ५ सय १२ भूकम्प पीडितहरुले तेश्रो किस्ता अनुदान सम्झौता गरे मध्ये १५ हजार चार सय लाभग्राहिले आवास निर्माण सम्पन्न गरेका हुन् ।

जिल्लामा कुल २१ हजार ३ सय ३८ लाभग्राही रहेकोमा हालसम्म २० हजार ३ सय ७६ लाभग्राहिले पहिलो किस्ता लिएका थिए । १८ हजार ४ सय ७२ ले दोश्रो किस्ता लिएकोमा १६ हजार ५ सय १२ भूकम्प पीडितहरुले तेश्रो किस्ता अनुदान लिई सकेको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई व्यवस्थापन तथा स्थानिय पुर्वाधार ओखलढुंगाका प्रमुख युवराज खरेलले बताउनुभयो । १२ हजार ९ सय ९० गुनासो आएको भए पनि ७ हजार ४ सय ५८ गुनासोको पुनःसर्वेक्षण गरी सुनुवाई भएको र ५ हजार ४ सय ६२ गुनासोको सर्वेक्षण गर्न बाँकी रहेको प्रमुख खरेलको भनाई छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई ओखलढुंगाको तथ्यांक अनुसार जिल्लामा ७३ समुदायिक भवन, ८० सरकारी भवन, ३७ मठ मन्दिर ६४ खानेपानी आयोजना ध्वस्त भएका थिए । ध्वस्त भएका सामुदायिक, सरकारी भवन र मठमन्दिरमा पाँच सरकारी भवन र केही मठमन्दिर निर्माणाधीन अवस्थामा छन् ।

छ वटा खानेपानी योजनाको काम भइरहेको छ । त्यस्तै दुई सय ६० विद्यालय क्षति भएका र हालसम्म ७२ विद्यालय निर्माण सम्पन्न भएका छन् । एक सय विद्यालयको निर्माण कार्य चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button