तपाईँ सुन्दै हुनुहुन्छः

मार्तडी–कोल्टी सडक नेताहरुको दुुुहुनो गाई जस्तै

बिश्वखाद्य कार्यक्रम अन्तरगत कामका लागि खाद्यन्न कार्यक्रमवाट सूरुभएको मार्तडी–कोल्टी कवाडी सडक खण्डमा बिगत १७ वर्ष देखि नियमित बजेट खर्च भएको छ । ४२ किलोमिटर सडक निर्माणका लागि झण्डै ३३ करोड रुपैया खर्च भईसकेको प्राविधिक श्रोतले वताएको छ । यस वर्षका लागि पनि मार्तडी कोल्टी सडक निर्माणका लागि भन्दै प्रदेश सरकारवाट १३ करोड रुपैया विनियोजन गरेको कानुन तथा स्थानीय मामिला मन्त्रीका स्वकीय सचिव एवं मार्तडी कोल्टी सडक उपभोक्ता समितीका पूर्व अध्यक्ष जंग विकले जानकारी दिनुुभयो । २०५८ सालमा सुरु भएको मार्तडी कोल्टी सडक निर्माणका लागि विश्व खाद्यकार्यक्रम , तत्कालिन जिल्ला विकास समिती , सडक विभाग, बडिमालिका नगरपालिका , बुडिगंडा नगरपालिका र सांसद विकासष कोष लगायतका दजैनौं निकाय दातृ संस्थावाट लगानी भएको छ । चार वटा उपभोक्त समिति र ठेक्कावाट पनि निर्माण कार्य वर्षेनी नियमित भैरहेको छ । रकम सकिन्छ तर, काम सकिदैन ।

अलिपानी पर्दा ट्याक्टर सम्म गुडाउन सकिदैन । जेठ देखि कात्तिक सम्म सडक पूर्णरुपमा बन्द हुन्छ । सडकको लेवल नमिलाई वातावरणीय असरप्रभाव अध्धयनन नगरी वनाएको सडकमा करौंडौं बजेट बालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ । जो आएपनि रकम मिलाएर खानलाई मात्र आउँछन् सडक निर्माण हुनलागेको दुुई दशक हुन लाग्यो सडकको स्तरउन्नती भएको छैन स्थानीय युवा बलवहादुर रोकायाले गुनासो गरे ।
यतिठूूलो धनराशी खर्च भईस्क्दा पनि मार्तडी कोल्टी सडकको यात्रा अत्यन्त कष्टदायी मात्र हैन जोखिम पनि उत्तीकै छ । मार्तडी –कोल्टी सडकखण्ड अन्तरगत खेतकांटियामा ६मिटर लामो एक मिटर चौडाई सामन्य कल्भर्ट पनि नवनाउदा तारन्तार मार्तडीको विद्युत नहर अवरुद्ध हुने गरेको छ ।

नहरमाथिबाट जथाभावी सडक खन्दा नहर भत्किएको छ । त्रिबेणी विद्युत केन्द्रले विछ्याएका स्ल्यावहरु बारम्वार जीप तथा ट्याक्टरले फुटाएर नहरको पानी अवरुद्ध गराएको हो । नहर भत्किदा सदरमुकाम मार्तडीको विद्युत सेवा बारम्वार बन्द हुदा सेवग्राही मर्कामाछन् । बातावरणीय असर प्रभाव अध्ययन तथा स्टिमेट बिना सडक खन्दा नहर भत्किएपछि सडक क्षेउबाट दर्जनौ ठाउँमा पहिरो समेत गएको छ । गत साता गएको पहिरोवाट पहिरोवाट स्थानीयले लगाएको गहुँ तथा धानको बेर्नामा समेत क्षेती भएको छ । त्रिबेणी सहकारी संस्थाले तान्तार मर्मत गर्ने तर, जीप तथा ट्याक्टर ह्याभीगाडीले नहर भत्काएको त्रिबेणी साना जल विद्युत केन्द्रका अध्यक्ष अशोककुमार रावलले वताउनुु भयो ।
नहरमाथि विच्छ्याएका सल्यावहरु पटक फुटाएर नहर अवरुद्ध भएको संस्थाका अध्यक्ष अशोककुमार रावलले वताएका छन् । दिउसो स्ल्याव राख्ने राति ट्याक्टरवाला आएर फुटाई दिन्छन् । नहरको पानी अबरुद्ध हुदा पहिरो गई लाखैं रुपैंया वरावरको जग्गा तथा बानीनाली क्षेती भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button