तपाईँ सुन्दै हुनुहुन्छः

शंकरदेब र जेभियर कलेज पुरुष बास्केटबलको फाईनलमा

काठमाडौं । शंकरदेब र जेभियर कलेज खुला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

प्राईम कलेजको कोर्टमा बुधवार भएको पहिलो सेमिफाईनलमा शंकरदेबले गोल्डेनगेट कलेजलाई ६२–५५ को स्कोरमा हराउदै उपाधि नजिक पुगेको थियो ।

बुधबार नै भएको दोश्रो सेमिफाईनलमा जेभियरले टाईम्स कलेजलाई ६२–५७ को स्कोरमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिताको बिजेता टिमले १ लाख ११ हजार र उपबिजेताले ५५ हजार ५ सय प्राप्त गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button