तपाईँ सुन्दै हुनुहुन्छः

ए पि एफ, के.पी.एल. टि २० क्रिकेटको सेमिफाईनलमा

सुर्खेत । नेपाल ए पि एफ क्लब सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग के.पी.एल. टि २० क्रिकेट प्रतियोगिताको समूह बि को विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेको छ ।

वीरेन्द्रनगरको कालिन्चोक मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा महेन्द्रनगर क्रिकेट एकेडमिलाई १८ रनले पराजित गर्दै नेपाल ए पि एफ क्लब सेमिमा प्रवेश गरेको हाम्रा सुर्खेत समाचारदाता आकाश तारा बयकले जनाएका छन् ।

पहिलो ब्याटिङ्ग गरेको ए पि एफ ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो ।

१ सय ४४ रनको विजयी लक्ष्य पच्छाउने क्रममा महेन्द्रनगर क्रिकेट एकेडमि २० ओभरमा ८ विकेटको क्षेतीमा १ सय २५ रनमा सीमित हुने पुुग्यो ।

यस खेलको प्लेएर अफ दि म्याच नेपाल ए पि एफ क्लबका भुवन कार्की घोषित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button