तपाईँ सुन्दै हुनुहुन्छः

हवाई इन्धन रिफिलिङ गर्न संसदीय समितिको निर्देशन

काठमाण्डौं । प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिले राजविराज विमानस्थलमा तत्काल हवाई इन्धन रिफिलिङ्को व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल आयल निगमले गरेका निर्णय र कार्य प्रक्रिया प्रणालीबारे लिखित रुपमा समितिलाई उपलव्ध गराउन पनि निर्देश गरेको छ ।
सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्र लगायत उद्योग बाणिज्य र उपभोक्ता हितसँग सम्बन्धित विषय र विरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगहरुको स्थलगत अनुगमन गर्न गठित उपसमितिले समितिमा बुझाएको प्रतिवेदन सम्बन्धित निकायलाई कार्यानवयन्का लागि पनि समितिले निर्देशन दिएको छ ।
समितिको बैठकमा नेपाल आयल निगम र उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयका पदाधिकारीसँग इन्धन आपूर्ती, इन्धन डिपो व्यवस्थापन र पेट्रोलियम पाइपलाईन विस्तारका सम्बन्धमा छलफल गरेको थियो ।
छलफलमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले आयल निगम आफैले एलपी ग्याँस डिपो चलाउने निर्णय गरेको जानकारी दिनुभयो ।
विगत सात वर्षदेखि विमानस्थलहरुमा हवाई रिफिलिङको माग भईरहेको बताउँदै प्रवन्ध निर्देशक पौडेलले तेस्रो पटक विश्वव्यापी टेन्डर गर्दा पनि आपुर्ती गराउन नसकेको जानकारी दिनुभयो ।
हाल त्रिभुवन विमानस्थलमा १० वटा र काठमाडौं बाहिरका विमानस्थलहरुमा १५ वटा हवाई इन्धन रिफिलिङ भएको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button