तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय समितिकोे निर्देशन कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाण्डौं । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सदस्यहरुले संसदीय सिमितिले दिएको निर्णय र निर्देशन कार्यान्वयनका विषयमा अनुगमन हुनुपर्नेमा जोड दिनुभएको छ ।
समितिको विहिबार बसेको बैठकमा सांसदहरुले समितिले दिएको निर्देशन पालना नगर्ने निकायहरुलाई बोलाएर स्पष्टीकरण सोध्ने र कार्यान्वयन गर्नैपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले समितले भर्खरै भ्रमण र अध्ययन गरी तयार पारेको पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवेदन सम्बद्ध पक्षसँग छलफल गरेर त्यहाँ सुधार गर्नु पर्ने विषयमा निर्देशन दिनुपर्ने बताउनुभयो ।
यस्त,ै सांसदहरुले विवादमा आएको वालुवाटार, खुल्लामञ्च लगायतका उपत्यकाभित्रका सरकारी जग्गा अतिक्रमणमा परेको विषयमा सम्बद्ध पक्षसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिनुपर्नेमा जोड समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button