तपाईँ सुन्दै हुनुहुन्छः

रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको शेयर बाँडफाँड

अर्जुन श्रेष्ठ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत समावेश गरिएको रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको शेयर बिहीबार बाँडफाँड गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिँचार्ई मन्त्रालयको सभाहल, सिंहदरबारमा मन्त्री वर्षमान पुनको उपस्थितिमा दुवै कम्पनीको सेयर बाँडफाँड गरिएको हो ।

बाँडफाँडबाट रसुवागढी हाइड्रोपावरका आवेदकहरुले अधिकतम ५० कित्ता सेयर प्राप्त गरेका छन् । ४० कित्तासम्म आवेदन दिने आवेदकले माग अनुसार नै शेयर प्राप्त गरेका छने भने सो भन्दा बढी माग गर्ने आवेदकहरुले गोलाप्रथाबाट थप १० कित्ता पाएका छन् ।

बिहीबार सँगै बाडफाँड गरिएको साञ्जेन जलविद्युत् कम्पनीका आवेदकहरुले पनि अधिकतम २० कित्ता सेयर पाएका छन् । स्वीकृत भएका २ लाख ८८ हजार ८ सय ९७ आवेदकलाई १० कित्ताको दरले शेयर परेको छ ।

बाँडफाँट गरेर बाँकी रहेको शेयर २० कित्तादेखि माथि आवेदन दिएका मध्येलाई गोलाप्रथा मार्फत थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।

सेयर बाँडफाँड कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचार्ई मन्त्री वर्षमान पुनले जाजरकोट, मुगुलगायत सबै जिल्लाबाट जनताले सेयरका लागि आवेदन दिएकाले जनताको जलविद्युतप्रति जागरण देखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button