तपाईँ सुन्दै हुनुहुन्छः

राजधानी तथा नामका विषयमा प्रतिवेदन तयार

अजय कुमार झा,जनकपुरधाम । प्रदेश नंं २ को राजधानी र नाम तोक्ने विषयमा तयार पारिएको प्रतिवेदन आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको छ ।

संवाद सुझाव आयोगले ६ महिनाको अवधिमा तयार पारेको प्रतिवेदन प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गर्नु भएको हो ।

आयोगका अध्यक्ष डा. झाले ८ सय जनालाई प्रश्नका माध्यमले सुझाव संकलन र आठै जिल्लामा बृहत छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको बताउनु भयो ।

उहाँले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिबास लगायत नाम र प्रदेशको नामाकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकी लगायत नाम सुझावबाट आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button