तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल र चीन बीचको सम्झौता पारस्पारिक हितमा केन्द्रित’

केशव ढुंगाना । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति विद्या भण्डारीको चीन भ्रमणका क्रममा भएको नेपाल र चीन बीचको सम्झौता अन्य कसैको विरुद्ध नभई दुई देशको पारस्पारिक हितमा मात्र केन्द्रित रहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को बैशाख १७ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपालले आप्mनो आवश्यकता अनुसार भारत र चीन दुवै देशसंग सम्बन्ध राख्ने गरेको बताउनुभयो ।

मन्त्री बास्कोटाले नेपालले एक मित्रराष्ट्रका विरूद्ध अर्को मित्रराष्ट्रलाई कहिल्यै प्रयोग नगर्ने समेत स्पष्ट पार्नुभयो ।

एक अर्को प्रसंगमा मन्त्री बास्कोटाले सरकारले देशैभरीका सरकारी जग्गा लगायतका सम्पक्तिको संरक्षणका लागि काम सुरू गरेको र दुरूपयोगमा सम्लग्न भएको प्रमाणित भए जो कोही माथि पनि कारवाही हुने स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले पन्ध्रौं योजनाको आधारपत्र स्वीकृत गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी बैठकले सवै स्थानीय तहहरूमा सव–नेशनल ट्रेजरी रेगुलेसन एप्लिकेशन सफ्टवेर लागु गर्ने भूकम्प पछिको पुनः निर्माणका लागि साउदी विकास कोषवाट उपलब्ध हुने ऋण सहायता स्वीकार गर्ने, निर्णय गरेको छ ।

बैठकले सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५, र सैनिक प्राविधिक सेवा नियमावली २०७५ स्वीकृत गर्ने, हातहतियार खरखजना नियमावली २०२८ को संशोधन गरी हतियारको नविकरण शूल्क बृद्धि गर्ने र आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन संघीय संसद समक्ष पेश गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले दरबाङ् म्याग्दी जलविद्युत आयोजना, फिस्लिङ् तोलाङ् शक्तिखोर ग्रामीण सडक स्तरोन्नती र महाकाली सिंचाई आयोजनाको नहर निर्माणका लागि राष्ट्रिय बन क्षेत्रको प्रयोग गर्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button