तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एकजनाको मृत्यु

लक्ष्मी ऐर, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका १ दह ब्यारेक नजिकै बिद्युतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिद्युतका नाङगा तारहरु जमिनसंग जोडिएपछि ७ः१५ बजेतिर दह ब्यारेक भेटाका १७ बर्षिया तेजबहादुर ऐरको घटनास्थलमै मृत्यु भएको हो ।

दह ब्यारेक नजिकै रहेको अपि होटलको पछाडीबाट दाउरा लिएर आउदै गरेको बेला उनलाई बिद्युतीय करेन्ट लागेर मृत्यु भएपछि आफन्तहरुले बिद्युत प्राधिकरणको चरम लार्पवाही भएको भन्दै छानबिनको माग राख्दै आन्दोलन गरेका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले नाङगा तारहरुबाट करेन्ट लागेर ऐरको मृत्यु भएको जानकारी दिनुभएको छ ।

बिद्युत प्राधिकरणले समयमै नाङगा तारहरुको ब्यबस्थापन गर्न सकेको भए दुर्घटना हुदैनथ्यो प्रहरी नायब उपरिक्षक केसीले भन्नुभयो । पिडित परिवारजनले छानबिनको माग राखेर आन्दोलनमा उत्रिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button