तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुको धान खोलामा जीप दुर्घटना एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिकामा अवस्थित धानखोला र कोइला खोला भन्ने स्थानमा कार दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. १४ का तीर्थ आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङबाट चन्द्रौटा आउँदै गरेको बा १४ प ८४४५ नम्बरको कार शुक्रबार विहान दुर्घटना भएको हो । दुर्घटनामा लमही नपा ४ का अनिल कुमार चौधरी घाइते भएका छन् । उनको अहिले बुटवलमा उपचार भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
कार सडकबाट झण्डै ६० मिटर तल सुरही खोलामा खसेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुर्घटना पूर्व पश्चिम राजमार्ग अन्तर्रगत दाङ र कपिलवस्तुको सीमामा पर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button