तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसांसद बर्मनलाई भेट्न सभामुख अस्पतालमा

ललितपुर । सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
शुक्रबार विहान पाटन अस्पताल पुगेर महराले पूर्वसांसद बुढाको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
पेटमा समस्या देखिएपछि विहिबार पाटन अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले जानकारी दिनुभयो ।
सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गर्नुभयो ।
माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका बलियो खम्बाकै रुपमा रहनुभएको छ । उहाँ २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं. १ बाट विजयी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button