तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादनलाई प्राङ्गारिक बनाउने प्रतिबद्धता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका जनप्रतिनिधिहरुले कृषि उत्पादनलाई प्राङ्गारिक बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्र, युवा कृषि मञ्च र समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीले संयुक्तरूपमा बिहीबार धुलिखेलमा आयोजना गरेको प्राङ्गारिक कृषि उत्पादन र बजारीकरण विषयक गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधिहरुले कृषि उपजलाई विषादी बनाउँदै प्राङ्गारिक उत्पादनतर्फ लैजाने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button