तपाईँ सुन्दै हुनुहुन्छः

के पी एलः न्यू होराइजन बुटवल फाइनलमा

सुर्खेत । कर्णाली प्रिमियर लिग (के पी एल) अन्तर्गत न्यू होराइजन बुटवल फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा कर्णाली–११ लाई ३ विकेटले पराजित गर्दै बुटवल फाइनलमा पुगेको हो ।

वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धा्रित १३ ओभरमा ४ विकेट गुमाउँदै ६२ रन बनाएको थियो ।

कर्णालीका लागि कृष्ण कार्कीले अविजित ३३ रन बनाए पनि अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ बुटवलका लागि शक्ति गौचनले दुई विकेट लिए । त्यस्तै अखिलेश यादव र अर्जुन रायमाझीले समान एक–एक विकेट लिए ।

६३ रनको लक्ष्य पछ्याएको बुटवलले ११ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । बुटलवका लागि सुवेन्दु पाण्डेले १८ रन बनाए । त्यस्तै निश्चल चौधरी र विशाल सुनारले समान १०र१० रन बनाए ।

कर्णालीका लागि किशोर महतोले तीन, प्रकाश जैसीले दुई र कृष्ण कार्की तथा दिवान पुनले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button