तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगण्डकी परियोजनाको आगामी आर्थिक वर्षदेखि निमार्ण सुरु हुने

काठमाडौं । सरकारले बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत परियोजना आगामी आर्थिक वर्षदेखि निमार्ण सुरु गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा आयोजना आगामी आर्थिक वर्षबाट निर्माण सुरु गरिने उल्लेख गरिएको छ ।

देशभर निर्माणाधीन ८७ जलविद्युत आयोजनाको निर्माण आगामी आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसबाट एक हजार मेगावट विद्युत केन्द्रीय प्रणालीमा जोडिने छ ।

सरकारले नेपालको पानी जनताको लगानी अभियानमार्फत ३५ सय मेगावट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । उक्त आयोजनामा सम्पूर्ण नेपालीको शेयर स्वामित्व रहने बताइएको छ ।

आगामी चार वर्ष भित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पुर्याइने र उज्यालो नेपाल अभियान अन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पुर्याउने लक्ष्य सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

निर्माणाधीन विद्युत आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्न गरिने र पूर्वपश्चिम राजमार्ग र रसुवागढी काठमाडौं वीरगञ्ज कोरिडोरहरूमा ४ सय केभीए क्षमताका प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button