तपाईँ सुन्दै हुनुहुन्छः

सर्मथन गर्दै सुझाव दिन नेकपा सांसदहरुलाई निर्देशन

अर्जुन श्रेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गन्तव्य सहितको नीति तथा कार्यक्रम आएकाले त्यसको सर्मथन गर्दै आफ्ना सुझाव दिन नेकपा सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज बसेकोे पार्टी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टीभित्रको छलफल र सबै मन्त्रालयको सुझाव र तथ्याङ्कका आधारमा स्पष्ट गन्तव्यसहितको अर्थपूर्ण नीति तथा कार्यक्रम ल्याइएकाले समर्थमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभयो ।

उहाँले आगामी गन्तव्य सुशासन र विकासमा केन्द्रित गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको स्पष्ट पार्नुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले समानता, विकास, सुशासन, स्वाधीनता र समृद्धि केन्द्रित समाजबाद उन्मुख नीति तथा कार्यक्रम प्रस्तुत गरेर विपक्षीलाई समेत औला उठाउने अवस्था समेत नदिएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले विकास निर्माण, भ्रष्टचार नियन्त्रण, सामाजिक सुरक्षा र मानव अधिकारका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी काम गरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा विकासका मुख्य पूर्वाधार निर्माण, राष्ट्रिय महत्वका आयोजनामा जोड र मुलकलाई आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्द्धन गर्नेजस्ता यावत पक्षहरु समेटिएकाले आत्मविश्वासका साथ पक्षमा उभिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार शान्ति, स्थीरता र स्थायित्वको पक्षमा रहेकाले विप्लबले लिएको हिंसाको बाटो नसच्याए अप्ठेरो अवस्थाबाट समाप्त हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button