तपाईँ सुन्दै हुनुहुन्छः

काँङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ ।

काँङ्ग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको सट्टा ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने लगायतका विषयमा सूचना दर्ता गराएको जनाएको छ ।

काँङ्ग्रेसले नीति कार्यक्रममा प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी सङ्घीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम प्रस्तावित गरेको तथा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्क्षा पूरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै संशोधन दर्ता गराएको पार्टीका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button