तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश राजधानीको लागी प्रस्ताव दर्ता

कुमोद अधिकारी, विराटनगर । प्रदेश नं.१ को स्थाई राजधानीका लागि चार जनाले आज संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नु भएको छ ।

विराटनगरलाई स्थायी राजधानीका बनाउनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रस्तावक र समर्थकमा लिलम बस्नेत, विजयकुमार ओझा, सावित्रा रेग्मी र यशोदा अधिकारीले प्रस्ताव दर्ता गराउनु भएको छ । त्यसैगरी विराटनगर राजधानीका लागी नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की प्रस्तावमा शिवनारायण गनगाँई, विन्दीय कार्की र जयराम यादवले समर्थक जनाउनु भएको छ ।

धनकुटा राजधानी वनाउनका लागि लीला सुब्बाको प्रस्तावमा प्रतापप्रकाश हाङ्गाम र रामचन्द्र लिम्वु र निरन राईको प्रस्तावमा इन्द्रमणि पराजुली र कुसुम कुमारी श्रेष्ठले समर्थन गर्नु भएको छ ।

प्रदेश सभाको राजधानीका विषयमा आज बसेको सर्वदलीय बैठकमा सत्तापक्षको प्रस्ताव प्रदेश नं.१ को राजधानी विराटनगर नै हुने र कार्यपालिक तथा व्यवस्थापिकको संरचना बृहत् विराट विकास क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दर हरैचाको आसपासमा निर्माण हुने विषयमा नेपाली काङ्ग्रेसले असहमति जनाएको थियो । नेपाली काङ्ग्रेसले प्रदेशको राजधानी विराटनगर नै हुनुपर्ने साथै बृहत विराट विकास क्षेत्र शब्द हटाउनु पर्ने माग राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button