तपाईँ सुन्दै हुनुहुन्छः

काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्डको निर्माणकार्य सम्पन्न

काठमाण्डौ । स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माणकार्य सम्पन्न भएको छ ।

१३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सम्पन्न नहुँदा केही निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न समस्या हुँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको इलामको सोयाक र पाँचथरको खण्डको निर्माण सम्पन्न भएको छ ।

प्रसारण लाइनको शनिबारदेखि परीक्षण प्रसारण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

प्राधिकरणको सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरमा जोडिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेशनमा जोडिएको छ । कूल ४२ दशमलव ८८ किलोमिटर लामो सो प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button