तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर २ फाईनलमा

परेश सापकोटा । सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर २ मनमोहन स्मृती अण्डर १६ क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो सेमिफाईनलमा प्रदेश ७ ले प्रदेश १ लाई ३० रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको सुदुरपश्चिम प्रदेशले ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । सुदुरपश्चिमका शुवास एरीले सर्वाधिक ४३ रनको योगदान गरेका थिए ।

प्रतिउत्तरमा प्रदेश १ ले २५.२ ओभरमा १ सय ३५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । सुदुरपश्चिम प्रदेशका सुवास ऐरीले सर्वाधिक ४ विकेट लिए ।

सर्वाधिक रन र सर्वाधिक विकेट लिन सफल सुदुरपश्चिम प्रदेशका सुवास ऐरी यस खेलको म्यान अफ दि म्याच पनि घोषित भए ।

त्रिवि मैदानमा भएको दोस्रो सेमिफाईनलमा प्रदेश २ ले प्रदेश ४ लाई ४ विकेटले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित पारेको थियो ।

प्रदेश ४ ले दिएको १ सय २२ रनको विजयी लक्ष्य प्रदेश २ ले २५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो ।

अविजित रहँदै ४७ रनको योगदान गरेका प्रदेश २ का मेघराज माहोरा यस खेलको म्यान अफ दि म्याच पनि घोषित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button