तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय शिक्षा आजको आवश्यकताः राष्ट्रपति भण्डारी

कोपिला कँडेल, गलकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।

बागलुङको बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय र जिवन उपयोगी शिक्षा प्रदान गर्नु आवश्यक रहेको वताउनुभयो ।

राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता राखेकाले २ वर्षभित्र साक्षर नेपाल घोषणा हुने वताउनुभयो ।

समाजसेवी हिरण्यप्रसाद ढकालका स्मृतिमा उहाँको परिवारले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण गर्दे राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्मित समाजसेवी ढकालको शालिक समेत अनावरण गर्नुभयो ।

सुविधासम्पन्न अपाङ्गतामैत्री १६ कोठे भवन रु ६ करोड २४ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button