तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले त्रिकोणात्मक एक दिवसीय खेल्ने

काठमाडौं । विश्व कप क्रिकेट लिग २ अन्तर्गत नेपालले त्रिवि क्रिकेट मैदानमा त्रिकोणात्मक एक दिवसीय खेल्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आई सी सी ले मंगलबार सावैजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता आउने माघ २२ देखि २९ तारिख सम्म सञ्चालन हुनेछ ।

यस लिग २ मा नेपालले अमेरिका र ओमानको सामना गर्ने छ । आई सी सी ले पहिलो पटक भर्खरै एक दिवसीय मान्यता पाएका ७ राष्ट्रका लागि यो लिग २ को अवधारणा ल्याएको हो ।

नेपालले एक दिवसीयको मान्यता पाएको पनि करिब २ वर्ष भईसक्यो ।

अब यी प्रत्येक ७ राष्ट्रले सन् २०२२ सम्ममा ३६ वटा एक दिवसीय खेल्ने छन् अनि आई सी सी ले १० देखि १४ सम्मको वरियाता निर्धारण गर्ने छ ।

यसै अन्तर्गत नेपालले नामेबिया, अमेरिका, ओमान, स्कटल्याचण्ड, पपुवा न्यू गिनी र यु ए ई संग भिन्दा भिन्दै त्रिकोणात्मक एक दिवसीय खेल्ने छ ।

यो त्रिकोणात्मक सिरिजपछि शीर्ष स्थान प्राप्त गर्ने ३ राष्ट्र सन् २०२२ को विश्व कपका लागि सीधै छनोट हुने छन् ।

बाँकी ४ राष्ट्रले छनोटका लागि च्यालेन्ज लिगबाट आएकाहरु संग प्ले अफमा खेल्नु पर्ने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button