अण्डर १६ क्रिकेटको उपाधि प्रदेश २ लाई
परेश सापकोटा । प्रदेश २ ले मनमोहन स्मृति अण्डर १६ क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।
त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा मंगलबार सम्पन्न फाईनलमा सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ ले उपाधि हात पारेको थियो ।
सुदुरपश्चिम प्रदेशले दिएको १ सय ३४ रनको विजयी लक्ष्य प्रदेश २ ले २६.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो ।
प्रथम भएको प्रदेश २ ले उपाधि संगै २ लाख ५० हजार र दोस्रो भएको सुदुरपश्चिम प्रदेशले १ लाख २५ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा प्रदेश ३ का दिपक बोहोरा उत्कृष्ट बलर र प्रदेश ३ कै आईस भट्टराई उत्कृष्ट ब्याट्स् म्यान घोषित भएका थिए ।
यसैगरी, सुदुरपश्चिम प्रदेशका सुवास ऐरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल भएका थिए ।
प्रतियोगिताको प्रमुख आतिथ्य पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्