तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्युत महशुलका कारण व्यवसाय सञ्चालन गर्न गाह्रो’

काठमाडौं । निजी क्षेत्रले विद्युत प्राधिकरणबाट डेडिकेटेड लाइन लिएबापत जारी गरेको विद्युत महशुलका कारण उद्योग व्यवसाय सञ्चालन गर्न गाह्रो परेको बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर विद्युतको महशुलका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेको भन्दै प्राधिरकणले ट्रंक तथा डेडिकेटेड लाइनका आधारमा गरेको बिलिङ अनुसार शुल्क तिर्न नसक्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बैंकिङ ब्याजदरका कारण समस्या झेल्दै आएको निजी क्षेत्र अब विद्युत् महशुलका कारण पनि समस्यामा परेको बताउनु भयो ।

पत्रकार सम्मेलनमा २०७३ सालदेखि बढाएको भनिएको महशुलको प्राधिकरणले अहिले पत्र पठाएर तिर्न ताकेता गर्नु गलत भएको व्यवसायीहरुले बताउनु भयो । यसअघि बिलिङ नगरिएका विभिन्न स्टिल, सिमेन्ट तथा चुरोट कारखानालाई प्राधिरकणले डेडिकेटेड सरहको बिल पठाएको भन्दै उद्योगीहरु त्यसको विरोध गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button