तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट विभिन्न व्यक्ति सम्मानित

भुषण पोखरेल । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ सालको वरिष्ठ पत्रकार सम्मानबाट २ जना र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ६ जना लाई सम्मान गर्नुभएको छ ।

आज शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले २ लाख नगद पुरस्कारसहितको वरिष्ठ पत्रकार सम्मानबाट बद्रिविनोद खनाल ‘प्रतिक’ र तीर्थ कोईराला तथा १ लाख नगद राशीको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट निर्मला शर्मा, माधव भण्डारी ‘विद्रोही’, खिलबहादुर भण्डारी, उमिदप्रशाद बाग्चन, दण्डबहादुर गुरूङ र माला कुमारी शर्मालाई सम्मान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चिता प्रदान गरेको भन्नुहुँदै उत्तरदायी पत्रकारिताले प्रेश स्वतन्त्रतालाई सार्थक र सवल बनाउन मद्दत पुग्ने बताउनुभयो ।

लोकतन्त्र र उत्तरदायी पत्रकारिता बीचको सम्बन्ध घनिष्ठ रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यी मध्ये एकको अनुपस्थितीमा अर्को क्षेत्र जीवन्त रहन नसक्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा पत्रकारिता क्षेत्रले सामाजिक चेतना मानवअधिकार र लोकतान्त्रीक प्रणालीका पक्षमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

त्यस अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले लोकतन्त्र भित्रको पत्रकारितालाई पेशागत मर्यादा, सम्पादकीय स्वतन्त्रता र आर्थिक सुरक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले सञ्चार संग सम्वद्ध ५ वटा कानून बन्ने क्रममा रहेको उल्लेख गर्दे त्यसबाट उत्तरदायी सञ्चार क्षेत्रको व्यवस्था हुने सरकारले विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले यो वर्ष सञ्चार क्षेत्रको लागि स्वर्णिम वर्षको रूपमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button