तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि सबै जिल्लामा जागरण अभियानः उपसभापति निधि

अजय कुमार झा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले ७ वटा प्रदेशसहित देशका ७७ वटै जिल्लामा भोलिदेखि जागरण अभियान सञ्चालन गर्न लागेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रदेशमा हुने जनजागरण अभियानको कार्यक्रममा वरिष्ठ नेतासहित केन्द्रीय पदाधिकारीहरु तथा जिल्लामा केन्द्रीय स्तरका नेताहरु सहभागी भएर प्रशिक्षण दिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button