तपाईँ सुन्दै हुनुहुन्छः

आर्मी र पुलिस पाथिभरा पुरुष भलिबलको फाइनलमा

ताप्लेजुङ । ताप्लेजुङ्गमा जारी पाथिभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाईनल समीकरण पुरा भएको छ ।

फाईनलमा त्रिभुवन आर्मी क्लब र पूर्व विजेता नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

मौवाखोला गाँउ पालिकाको साँघुमा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३ सोझो सेटमा पराजित गरेको थियो ।

यसैगरी, दोस्रो सेमिफाईनलमा त्रिभुवन आर्मी क्लबले नेपाल ए पि एफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

दुवै सेमिफाईनलमा पराजित भएका टोलीले समान ५० हजार रुपैँया प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार ५ सय र उप विजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको विधागत तर्पmका उत्कृष्ट घोषित सरभर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाईकर र प्रशिक्षले समान ७ हजार रुपैँया प्राप्त गर्ने छन् ।

यसैगरी, प्रतियोगिताकै सर्वोत्कृष्ट घोषित एक खेलाडीलाई १५ हजार रुपैँया पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button