तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको जागरण अभियान गाउँ र नगर तहमा शुरु

काठमाडौं । नेपाली काँग्रेसले हिजोदेखि शुरु गरेको जागरण अभियान आजबाट गाउँ र नगर तहमा शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय प्रतिनिधि र जिल्ला पार्टी नेतृत्वसँगै जागरण अभियानमा जुट्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

जागरण अभियानले पार्टीलाई नयाँ ढंगले अघि बढाउन र सरकारलाई खवरदारी गर्न थप सहयोग गर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button