तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरु चैते धानको खेतीतर्फ आकर्षित

कास्की । कास्की जिल्लाको सिञ्चित क्षेत्रका किसान चैते धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

चैत महीनामा धान रोपाइँ गरेपछि तीन महीनाको अवधिमा बाली तयार हुनुका साथै राम्रो उत्पादन हुने थालेकाले किसान आकर्षित भएका हुन् । चैते धानका लागि पर्याप्त पानी र रासायनिक मलको आवश्यकता पर्दछ ।

कास्की जिल्लामा गत वर्ष ४५० हेक्टर जग्गामा चेत धानखेती गरिएको थियो । किसानले एक हजार २११ दशमलव चार मेट्रि««क टन उत्पादन गरेको कृषि ज्ञान केन्द्र कार्यालय, स्याङ्जाका प्राविधिक टङ्कप्रसाद चौलागाईंले जानकारी गराउनुभयो ।

पोखरा महानगरपालिकाको पटनेरी, माटेमसिना, सुरौदीका साथै कास्कीका सिञ्चित ग्रामीण क्षेत्रको खेतीयोग्य जग्गामा चैतेधानको खेती हुने गर्दछ । चालु आर्थिक वर्षमा सोही हाराहारीमा किसानले चैतेधानको खेती गरेका छन् ।

यस वर्ष समय–समयमा वर्षा भइरहेकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने सम्भावना रहेको उहाँले बताउनुभएको छ ।

चालु आर्थिक वर्षमा कास्कीमा ६ हजार ८२० हेक्टर जग्गामा गहुँखेती गरिएकामा १२ हजार ८२१ मेट्रिक टन गहुँ उत्पादन भएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button