तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीका लागि कडा निर्णय जरुरीः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले बलियोसँग हात नचलाइकन मेलम्चीको पानी काठमाडौँ ल्याउन मुस्किल पर्न सक्ने बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई सम्पन्न गर्न सरकारले तत्परता देखाएको भए पनि आयोजनामा समस्या देखिएकाले त्यसको समाधानका लागि सरकारले तत्काल कडा निर्णय गर्नु जरुरी भएको बताउनुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले मेलम्चीको पानी काठमाडौँ ल्याउन अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले नयाँ वैकल्पिक व्यवस्था गरेरै भएपनि आयोजनालाई छिटो सम्पन्न गराउन सरकारले छिट्टै निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आयोजना सम्पन्न हुन नदिने र लामो समय लगाउने रोग लागेको भन्दै त्यसको निरुपणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button