तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा आगलागी हुँदा ९ घर जलेर नष्ट

दिपक शर्मा, सल्यान । सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्कदा सल्यानमा ९ घर जलेर नष्ट भएका छन् ।

छत्रेश्वरी गाउँपालिका वडा न ६ रामकाँडामा ८ घर र कपुरकोट गाउँपालिको मुलपानीमा एक घर पूर्ण रुपमा जलेका छन् ।

इन्द्रेणाी सामुदायिक वनमा लागेको आगो दिउसो २ बजेतिर बस्तीमा सल्केको सामुदायिक वनका अध्यक्ष रामबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

आगलागीबाट मानविय क्षति नभएपनि घरभित्र रहेको अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको वडा नं. ६ न का वडा अध्यक्ष चुडामणी दसौदीले बताउनुभयो ।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय लागि परेको शसस्त्र प्रहरी गुल्म सल्यानका प्रमुख विमल डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button