तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल, प्रदेश नम्बर २ को भाषिक संगोष्ठी सम्पन्न

यशोदा । रेडियो नेपालले प्रदेश नम्बर २ बाट प्रसारण गर्न लागेको मैथिली, भोजपुरी र मगही भाषाको समाचार र कार्यक्रमका सम्बन्धमा आज विज्ञहरुसँग छलफल गरेको छ ।

छलफलमा सांसद प्रभु शाहले मुलुकको संघीय संरचनाको मर्मअनुसार रेडियो नेपालले सबै भाषाभाषी तथा भुगोललाई समेट्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले सार्वजनिक हितका विषयलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक कार्कीले केही दिनमै प्रदेश नम्बर २ को प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबाट मगही, भोजपुरी, मैथली भाषाबाट प्रशारण शुरु हुन लागेको जानकारी समेत दिनुभयो ।

छलफलमा सांसदहरु प्रा.डा. पुष्पा कर्ण, प्रमोद शाह, राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार तथा प्राज्ञ धिरेन्द्र प्रेमर्षी लगायतले रेडियो नेपालले आफ्नो प्रसारण मार्फत् राज्यको चित्र प्रस्तुत गर्नुपर्ने सुझाब दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button