तपाईँ सुन्दै हुनुहुन्छः

धितोपत्र वोर्डद्वारा प्रशिक्षण कार्यक्रमको आयोजना

सुरेन्द्रमणि त्रिपाठी । शेयरको कारोवार प्रदेश स्तरमा अभिबृद्धि गराउने उद्देश्यले प्रदेश नं २ का पत्रकारहरुलाई लक्षित गरेर नेपाल धितोपत्र वोर्डले जनकपुरधाममा शनिबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश नंं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले देशको आर्थिक विकासका लागि श्रोत तथा साधनको समुचित वितरण जरुरी रहेकोे बताउनुभयो ।

उहाँले प्रदेश नंं २ मा शेयरको कारोवार शुरु भएकोमा खुशी व्यक्त गर्दै शेयरबजारमा लगानी गरेर लाभ लिन सबैमा आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले शदेशब्यापी रुपमा शेयर कारोवारलाई बढाउनु जरुरी भएकाले धितोपत्रको कारोबारलाई देशब्यापी बनाउंदै लगिएको बताउनु भयो ।

नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले नेपालको धितोपत्र बजारमा आम जनताको लगानी दिन प्रतिदिन बढ्न थालेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button