तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय लगानी बैठक सम्पन्न

वीरगञ्ज । प्रदेश २ मा अगामी ४ वर्षभित्र २५ हजार जनालाई रोजगारी सृजना गर्ने निर्णय सहित वीरगञ्जमा आयोजित दुई दिने प्रदेश स्तरीय लगानी बैठक शनिबार सम्पन्न भएको छ ।

प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयद्वारा आयोजित कार्यशाला गोष्ठीमा नीजि क्षेत्रसंग सहकार्य गरी कृषि, उद्योग, पर्यटन तथा प्राविधिको क्षेत्रमा प्रदेश २ का युवाहरुलाई रोजगारी सृजना गर्ने विषयमा विशेषज्ञ तथा अर्थविदहरुले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कृषिमा आधुनिकीकरण र उद्योगी व्यवसायीसंग सहकार्य गरी औद्योगिक क्षेत्रको विस्तारबाट रोजगारी सृजना गर्ने विषयमा कार्यशाला गोष्ठी केन्द्रित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button