तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर लामिछाने आइतबार काठमाडौं फर्कदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उदयमान खेलाडी सन्दिप लामिछाने भारतमा जारी ईण्डियन प्रिमियर लिग आई पि एल मा सहभागी भएर आईतबार काठमाडौँ फर्कदैँ छन् ।

शुक्रबार राती भएको खेलमा सन्दिपको टोली देल्ली क्यापिटल्स चेन्नई सुपर किङ्गस संग पराजित भएर प्रतियोगितबाट बाहिरिएको थियो ।

आई पि एल को फाईनल चेन्नई सुपर किङ्गस र मुम्बाई ईण्डियनसबीच आईतबार हुनेछ ।

सन्दिपले आई पि एल मा देल्ली क्यापिटल्सबाट जम्मा ६ खेलमा सहभागिता जनाएका थिए ।

ती ६ खेलमा सन्दिपले ८ विकेट लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button