तपाईँ सुन्दै हुनुहुन्छः

चिल्ड्रेन खेलकुदका लागि खेलाडी छनोट शुरु

झापा । आगामी जेठ ८ र ९ गते विराटनगरमा हुने प्रदेशस्तरीय उप–राष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताका लागि झापामा शनिबार देखि खेलाडी छनोट शुरु भएको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आयोजित एक समारोहन बीच खेलाडी छनोट शुरु भएको हो ।

शनिबार उसुका छनोट खेलहरु सम्पन्न भएको र आईतबार देखि एथलेटिक्स, कराँते र तेक्वान्दोका छनोट खेल सञ्चानल हुने जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ ।

छनोट खेलमा जिल्लाभरिका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि ८ सम्मका १४ वर्षभन्दा कम उमेरका विद्यार्थीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button