सिकलसेलका नौ बिरामी फेला
कपिलवस्तु । कपिलवस्तुमा थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाका नौ जना बिरामी फेला परेका छन् ।
चालु आर्थिक वर्षको आजसम्म वाणगङ्गा नगरपालिकामा सात र बुद्धभूमि नगरपालिकामा दुई जना बिरामी फेला परेको लुम्बिनी प्रादेशिक अस्पतालका सामाजिक सेवा एकाई प्रमुख दयासागर पन्थीले जानकारी दिनुभयो ।
पन्थीका अनुसार सिकलसेलका ९ जना बिरामीले औषधि सेवान गरिरहेको र उनीहरुको अवस्था पछिल्लो समयमा सुधार हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्