तपाईँ सुन्दै हुनुहुन्छः

‘साग’को लोगो र म्यासकट सार्वजनिक

परेश सापकोटा। नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा लोगो र म्यासकट सार्वजनिक गरिएको थियो ।

साग खेलकुद प्रतियोगिताका खेलहरु आउने डिसेम्बर महिनाको १ देखि १० तारिख सम्म काठमाडौँ र पोखरामा सञ्चालन हुनेछन् ।

सागको प्रतिक चिन्ह लोगोमा परेवा राखिएको छ भने म्यासकटमा कृष्णसार राखिएको छ । खुल्ला चित्र प्रतियोगिताबाट छानिएको लोगो र म्यासकट भोलानाथ पौडेलले बनाएका हुन ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले लोगो र म्यासकट संयुक्त रुपमा र्साजनिक गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button