तपाईँ सुन्दै हुनुहुन्छः

‘वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धेरै काम’

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले एक वर्षको छोटो अवधिमा वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धेरै काम भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६–७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिनुहुँदै उहाँले सङ्घीयता कार्यान्वयनको दिशामा बजेट आउने प्रस्ट पार्नुभयो ।

स्रोत, खर्चको दायित्व, अधिकार क्षेत्रको बाँडफाँटका धेरै कानून बनिसकेका भन्दै अर्थमन्त्री डा. खतिवडाले कतिपय कानून छलफलको क्रममा रहेकाले वित्तीय सङ्घीयता कार्यान्वयन हुँदै गएको बताउनुभयो ।

सरकार, निजी क्षेत्र र सहकारी तीनवटै क्षेत्र समृद्धिको मार्गमा एकजुट भएर अघि बढ्ने गरी बजेट निर्माण हुने मन्त्री डा. खतिवडाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button