तपाईँ सुन्दै हुनुहुन्छः

चिया मजदूर ४५ दिनपछि काममा फर्किए

रोहित काफ्ले, झापा । झापाका चिया मजदूर ४५ दिनपछि मंगलबारदेखि काममा फर्किएका छन् ।

सरकारले तोकेको ज्यालालगायतका सेवा–सुविधा पाउने गरी हिजो चिया उद्योगी र मजदूर संगठनबीच विर्तामोडमा ३ बुँदे सहमति भएसँगै मजदूर संगठनले आन्दोलन फिर्ता लिएर मजदूरहरु काममा फर्किएका हुन ।

वातार्मा उद्योगीहरु सरकारले तोकेको श्रम ऐन ‘२०७४’ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागू गरे अनुसारको तलब भुक्तान गर्ने र आन्दोलन अवधिभरको ज्याला ३० प्रतिशत दिने सहमति भएको मजदूर नेता जिफन्टका सन्तकुमार राईले जानकारी दिनुभयो ।

४५ दिनसम्मको आन्दोलका कारण एक करोड रुपैयाँभन्दा बढीको टिप्नयोग्य हरिया पत्ती नष्ट भएको छ भने २० करोड रुपैयाँभन्दा बढीको तयारी चिया उत्पादन हुन नसकेको नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button