तपाईँ सुन्दै हुनुहुन्छः

टि–२० खुल्ला क्रिक्रेट प्रतियोगिता शुरु

जनकपुर । जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा टि–२० खुल्ला क्रिक्रेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश नंं २ को सामाजिक विकासमन्त्री नवलकिशोर साहले मंगलबार एक कार्यक्रमकाबिच गर्नुभएको हाम्रा जनकपुर समाचारदाता अजय कुमार झाले जनाएका छन् ।

जिल्ला क्रिक्रेट संघको आयोजनामा शुरुभएको प्रतियोगितामा प्रदेश नंं २ को धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही सहित जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button