तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ्ग मर्स्याङदीले मिनर्वा क्लब पन्जाबसँग खेल्दै

काठमाडौं । ए एफ सी कपको समूह चरण अन्तर्गत मनाङ्ग मर्स्याङदी क्लबले बुधबार मिनर्वा क्लब पन्जाबसँग खेल्दै छ ।

खेल अखिल नेपाल फुटबल संघ एन्फा को मैदान सातदोबाटोमा दिउँसो ३ बजे शुरु हुनेछ ।

प्रतियोगिता पूर्व काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मनाङ्ग मर्स्याङदी क्लबका प्रशिक्षक छिरिङ्ग लोप्साङ्गले मिनर्वालाई पराजित गर्दै ३ अङ्क बटुल्नु आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

मनाङ्ग मर्स्याङदी क्लबका क्याप्टेन बिराज महर्जनले यस खेलमा आफुहरुलाई कुनै दबाब नरहेको र बाँकी खेलहरु पनि जित्ने हिसाबले खेल्ने बताउनुभयो ।

यसैगरी, मिनर्वा क्लबका प्रशिक्षक सचिन बढाढेले आफुहरु ३ अङ्क बटुल्न काठमाडौँ आएको र यसका लागि आफ्ना खेलाडीहरु तयार रहेको बताउनुभयो ।

ए एफ सी कपको समूह ई मा रहेको मनाङ्ग मर्स्याङदी क्लब पुछारमा रहेको छ ।

अघिल्लो खेलमा मिनर्वा पन्जाबसँग भारतमा भएको खेल बराबरीमा सम्पन्न भएकाले मनाङ्गलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

अघिल्ला दुई खेलमा हार र एक खेलमा बराबरी गरेको मनाङ्गका लागि लिगमा टिकि राख्न पनि यो खेल जित्नै पर्ने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button