तपाईँ सुन्दै हुनुहुन्छः

डढेलो निभाउने क्रममा तीन जनाको मृत्यु

सल्यान । सल्यानको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीन जनाको मृत्यु भएको छ ।

डढेलो निभाउने क्रममा यही बैशाख २८ गते छत्रेश्वरी गाउँपालिका–६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय गोवर्धन पुन र गम्भीर घाइते भएका छत्रेश्वरी–६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो ।

डढेलो निभाउने प्रयास गरे पनि जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताउनुभयो ।

वनमा डढेलो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button