तपाईँ सुन्दै हुनुहुन्छः

कार्यालय प्रमुखविरुद्ध आरोपपत्र दायर

ध्रुव अधिकारी, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय, पर्साका प्रमुख बमबहादुर वि.क. र तामेलदार प्राणनाथ कसजुले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँडको निर्णय गरेको अभियोगमा आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

जग्गाको मोहीको लगत सच्याउने तथा थप घट गर्ने कार्य गरेको भेटिएको हुँदा उनीहरुलाई कारवाहीका लागि विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपायोग अनुसन्धान अयोगद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button