तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारी स्वास्थ्य संस्थालाई प्रभावकारी बनाउने’

प्रवीण । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारी स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी बनाउन मन्त्रालय लागि परेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा उप–प्रधानमन्त्री यादवले केही दिनभित्रै नयाँ स्वास्थ्य नीति ल्याइने र यसबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिने वताउनु भयो ।

उप–प्रधानमन्त्री यादवले कर्मचारी समायोजनका कारण स्वास्थ्य संस्थाहरुमा कर्मचारीको अभाव भएको भन्दै स्वास्थ्य क्षेत्रमा समेत डिजिटलाईजेसन अपरिहार्य भएको बताउनु भयो ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सरकारी स्वास्थ्य संस्थाहरुलाई उपकरणसहित सुधार गर्नु पर्ने, एक पालिकामा एक अस्पतालको व्यवस्था गर्नु पर्ने लगायतका सुझाव रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button