तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परीक्षण

मकवानपुर । नसर्ने रोगको जोखिम न्यूनीकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउन प्रदेश नम्बर ३ मा पाईलट प्रोजेक्टको रुपमा सुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
कार्यक्रममार्फत् महामारीको रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिइएको छ । विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरु गरीएको हो ।
प्रदेश सरकारले गत चैत १७ गतेदेखि हेटौँडा अस्पतालबाट पाईलट प्रोजेक्टको रुपमा हेटौँडा उपमहानगर क्षेत्रमा कार्यक्रम शुरु गरेको हो । कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । जनता स्वास्थ्य परीक्षण कार्यक्रममा ३० देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ता व्यक्तिका लागि यो कार्यक्रमले आफु कति स्वस्थ छौं भनेर जानकारी दिनका लागि सञ्चालनमा ल्याइएको जनाईएको छ । तर, लक्षित उमेर समुहभन्दा माथिका जेष्ठ नागरिक पनि उपचार गराउन आएको र उनीहरुलाई जटिल रोग नलागेको र अस्पताल नै नपुगेकाहरुको पहिचान गरी स्वास्थ्य सेवा प्रदान गरिएको बताईएको छ । कार्यक्रममा १६ किसिमका स्वास्थ्य परीक्षण निःशुल्क हुने जनाईएको छ । उपचार गराउन आएकाहरुमध्ये धेरैजसो कोलेस्ट्रोल, उच्चरक्तचाप, पथ्थरीको समस्याका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button