तपाईँ सुन्दै हुनुहुन्छः

सेफ डिपोजिट लकर सेवा शुभारम्भ

काठमाडौं । राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको समुद्घाटन गर्नुभएको हो ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा सञ्चालक गिता थापा मगरलाई लकरको साँचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पाकिङ्ग र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलब दरमा यो सेवा उपभोग गर्न सकिने बताउनुभयो ।

लकर सेवाको वार्षिक भाडा दर एक हजार पाँच सयदेखि तिन हजार रुपैंया सम्म पर्ने बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button