तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो त्रिसूली थ्री ए को विद्युत् राष्ट्रिय प्रणालीमा

अर्जुन श्रेष्ठ । माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गर्नुभयो ।

पहिलो युनिटको परीक्षण शुक्रबारबाट गरिने र दोस्रो युनिट अन्तर्गतको ३० मेगावाट विद्युत् असारको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button